site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा कुरान वाचन प्रतियोगिता
तस्बिर : फेसबुकबाट ।

काठमाडौं । मुस्लिम आयोगको आयोजना तथा नेपालस्थित साउदी अरेबियन राजदूतावासको सहयोग एवं समन्वयमा काठमाडौंमा शनिबारदेखि कुरान वाचन प्रतियोगिता सुरु भएको छ । अनलाइनबाट यसअघि छनोट भएका प्रतिस्पर्धी नै अहिले प्रत्यक्ष रूपमा भएको प्रतिस्पर्धामा सहभागी भएका छन् ।

विभिन्न च्याप्टर कण्ठ भएका आधारमा समूह (ब्रान्च) निर्धारण गरी प्रतिस्पर्धा भइरहेको छ । उक्त प्रतिस्पर्धामा चार ब्रान्चको सहभागिता रहेको आयोगका प्रवक्ता मिर्जा अरशद बेगले जानकारी दिए । उनका अनुसार, कुरानका ३० च्याप्टरमध्ये तोकिएको कण्ठ गरेका आधारमा ब्रान्च (समूह) निर्धारण गरिन्छ ।

Argakhachi Cement Island Ad

शनिबार चौथो ब्रान्चअन्तर्गत सातदेखि १२ वर्षका पुरुष र सातदेखि १५ वर्ष उमेर समूहका महिलाबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो । अनलाइन प्रतिस्पर्धाबाट पहिलो समूह (ब्रान्च)मा सबैभन्दा बढी अंक प्राप्त गर्ने १५ देखि ३५ वर्षसम्मका, दोस्रो समूहमा १२ देखि २० वर्ष, तेस्रो समूहमा १० देखि १५ वर्षसम्मका सहभागी अन्तिम प्रतिस्पर्धाका निम्ति छनोट भएका छन् ।

k3-1707581833.jpg
चौथोबाहेक सबै ब्रान्चमा ५०/५० जनाको सहभागिता छ । आइतबार पहिलो, दोस्रो र तेस्रो ब्रान्चका प्रतियोगीबीच कुरान वाचन प्रतिस्पर्धा हुने प्रवक्ता मिर्जा अरशद बेगले जानकारी दिए ।

शनिबार उक्त प्रतियोगिता शुभारम्भका क्रममा आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको र सरकारको सहयोग आवश्यक रहेको बताए । यसरी बृहत् रूपमा भने पहिलोपटक नेपालमा उक्त प्रतियोगिता गराइएको बताइएको छ । रासस

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  २१:५४
प्रतिक्रिया दिनुहोस्