देश
काठमाडौं । भ्रष्टाचार मुद्दामा सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता दोषी ठहर भएका छन् ।
विशेष अदालतका न्यायाधीशहरू डा. खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार मेहतालाई दोषी ठहर गरेको हो ।
अदालतले मेहतालाई २० हजार रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाएको छ ।
मेहताविरुद्ध अख्तियार दुरुपयोग अनसुन्धान आयोगले घरको नक्सा पास गर्न २० हजार रुपैयाँ घुस लिएको दाबीसहित मुद्दा दायर गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८० १६:३०
प्रतिक्रिया दिनुहोस्