site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पाण्डेयको नियुक्तिमा गलत सुझाव दिएको भन्दै सल्लाहकारसँग राष्ट्रपतिको असन्तुष्टि
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आफ्ना सल्लाहकारहरुसँग असन्तुष्ट बनेका छन् ।

उनले संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयको तीनवटा नागरिकता र तीन पासपोर्टका विषयमा आफूलाई यथार्थ जानकारी नदिएको र नियुक्तिका निम्ति अनावश्यक दबाब दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कानुनी सल्लाहकार बाबुराम कुँवर र आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल पाण्डेयको पक्षमा उभिएको पाइएको छ । 

शीतल निवास स्रोतका अनुसार, पूर्व नायव महान्यायाधिवक्ता समेत रहेका कुँवरले नागरिकता र पासपोर्टका हकमा ‘वास्तविकता’ नबुझाएकामा राष्ट्रपतिको असन्तुष्टि रहेको हो ।

Global Ime bank

“पाण्डेयका दुई–तीनवटा नागरिकता र पासपोर्ट रहेको विषयमा सञ्चारमाध्यममा समाचार सार्वजनिक भइरहेका बेला झनै दबाब बढ्यो,” राष्ट्रपतिको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।

राष्ट्रपतिले पाण्डेयको नियुक्ति संसदीय समितिको छानबिनपछि मात्रै गरेको भए पनि हुने र सभामुख देवराज घिमिरेलाई पनि बोलाएर यस विषयमा जानकारी लिने ठाउँ हुँदा हुँदै सल्लाहकारले नै ‘पाण्डेयको नियुक्तिमा ढिलाई नगरौँ’ भन्ने लगातार सुझाव दिएका थिए ।

राष्ट्रपति पौडेलबाट नियुक्ति पाएका संघीय संसद्का महासचिव पाण्डेयले हराएको भनिएको नागरिकताबाटै राहदानी लिएको विषयमा संसदीय समितिले नै छानबिनको प्रक्रिया अघि बढाएको छ ।
पाण्डेयको शपथ बुधबार नै सपथ भइसकेको छ । 

मंसिर २४ मा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिवमा नियुक्तिका लागि पाण्डेयलाई सिफारिस गरेका थिए । राष्ट्रपति कार्यालयले करिब दुई महिना उनको नियुक्तिमा बिलम्ब गर्दै सचिवबाट राजीनामा स्वीकृत गरेको केही मिनेटमै महासचिवमा नियुक्ति दिइएको जनाएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement