site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
भृकुटीमण्डपमा क्यान इन्फोटेकको चहलपहल (तस्बिरहरू)
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी ।

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको क्यान इन्फोटेक–२०२४ बिहीबारदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरिन् ।

प्रदर्शनी यही माघ २९ गतेसम्म सञ्चालन गरिनेछ । क्यान इन्फोटेकको यो २९औँ संस्करण हो ।

प्रदर्शनीमा विभिन्न कम्पनीका १२६ स्टल छन् । स्टलमा नयाँ–नयाँ प्रविधिका सामग्री एवं सेवाको प्रदर्शनी छ ।

Dabur Nepal
NIC Asia

क्यान महासंघका अध्यक्ष रणजीत पोदारले रोबोटिक्सको प्रदर्शनी समेत रहेकाले यो वर्षको क्यान इन्फोटेक विशेष रहेको बताए ।

प्रदर्शनीमा स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादन छन् । क्यान इन्फोटेकमा प्रतिव्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । विद्यार्थीलाई ५० प्रतिशत छुट अर्थात् ५० रुपैयाँ टिकट शुल्क तोकिएको छ ।

नेपाल रोबोटिक्स एकेडेमीले विकास गरेको जेनेरेटिभ एआई सिस्टम ‘कान्छी’ रोबट समेत प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहेको क्यान महासंघले जनाएको छ ।

थप तस्बिर हेर्नोस्–

can-info-(16)-1707391546.jpg

can-info-(1)-1707391546.jpg

can-info-(14)-1707391545.jpg

can-info-(15)-1707391545.jpg

can-info-(11)-1707391543.jpg

can-info-(10)-1707391543.jpg

can-info-(13)-1707391544.jpg

can-info-(12)-1707391544.jpg

can-info-(9)-1707391542.jpg

can-info-(8)-1707391542.jpg

can-info-(7)-1707391540.jpg

can-info-(6)-1707391540.jpg

can-info-(4)-1707391539.jpg

can-info-(5)-1707391539.jpg

can-info-(2)-1707391538.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro