site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानडाविरुद्ध नेपालले गुमायो चौथो विकेट, भीम १७ रन थपेर आउट

काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले भीम सार्कीलाई चौथो विकेटका रूपमा गुमाएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले भीमलाई २२.३ ओभरमा गुमाएको हो । भीमले नेपाली टिमको स्कोरबोर्डमा १७ रन जोडे ।

Dabur Nepal
NIC Asia

जारी खेलको २३ ओभर सकिँदा नेपालले चार विकेट गुमाएर १११ रन बनाएको छ ।

नेपालले त्यसअघि आसिफ शेख र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत समान आठ रनमा गुमाएको थियो । ओपनर कुशल भुर्तेल ६२ रन बनाएर आउट भएका थिए ।

यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । आजको खेलपछि नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ११:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro