site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्काउटको चुनाव रोक्ने पत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्काउटको चुनाव रोक्ने सरकारको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निर्वाचन कार्यतालिका बमोजिमको कार्यक्रम रोक्न पठाएको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

Dabur Nepal
NIC Asia

अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र युवा तथा खेलकुद मन्त्रालयको पत्र यथास्थितिमा राख्न भनेको छ ।

नेपाल स्काउटले स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन तय गरेको थियो । तर, निर्वाचन सुरु हुनै लाग्दा प्रधानमन्त्री कार्यालयबाट गएको निर्देशनका आधारमा युवा मन्त्रालयले निर्वाचन रोक्न निर्देशन दिएको थियो । 

त्यसविरुद्ध नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 

सर्वोच्चले यसबारे छलफलका लागि दुवै पक्षलाई यही माघ २५ गते बोलाएको छ ।

Scout-1707240485.jpg

Scout2-1707240485.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  २३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro