site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघीय संसद् सचिवालयको महासचिवमा पद्‌मप्रसाद पाण्डेय नियुक्त

काठमाठौं । संघीय संसद् सचिवालयको महासचिवमा पद्‌मप्रसाद पाण्डेय नियुक्त भएका छन् ।

उनलाई नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम महासचिवमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गत मंसिर २४ मा पाण्डेयलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका थिए ।

तर, राष्ट्रपति रामचन्द्र पौडलले उनको नियुक्ति सिफारिसको कानुनी रितमा प्रश्न उठाउँदै आएका थिए ।

मंगलबार मात्र पाण्डेयले प्रतिनिधिसभाको सचिवबाट राजीनामा दिएका थिए । राजीनामा स्वीकृतिसँगै राष्ट्रपतिले उनलाई महासचिवमा नियुक्त गरेका हुन् ।

उनको स्थायी घर पाल्पाको रिब्दिकोट गाउँपालिका–१ मा पर्छ ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति

Pande-1707220336.jpg
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro