site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
यमनको होडेडाहमा अमेरिका र बेलायती लडाकु विमानको हवाई हमला

अडेन । संयुक्त राज्य अमेरिका र बेलायतका लडाकु विमानहरूले सोमबार यमनी बन्दरगाह सहर होडेडाहमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टीभीले जनाएको छ ।

होडेडाह सहरको रणनीतिक रेड सी बन्दरगाहलाई निसाना बनाई अल–काथीब क्षेत्रमा दुई हवाई बमबारी भएको जनाइएको छ ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार आक्रमणमा सर्वसाधारणको मृत्यु भएको छ ।  केही घाइतेलाई तत्काल चिकित्सा उपचारका निम्ति नजिकैका अस्पतालहरूमा लगिएको छ ।

पछिल्लो हवाई आक्रमण जनवरी १२ देखि वासिङटन र लन्डनद्वारा जारी सैन्य प्रतिक्रियाको एक हिस्सा हो । साना र अरू उत्तरी प्रान्तहरूको हुथी–नियन्त्रित क्षेत्रलाई लक्षित गर्दै आक्रमण जारी राखिएको छ ।

अन्तर्राष्ट्रिय कारबाही लालसागरमा व्यापारिक ढुवानीमा हुथी आक्रमणको बदलाका रूपमा गरिएको बताइएको छ ।

गएको नोभेम्बरदेखि लालसागर, बाब अल–मन्डब स्ट्रेट र अडेनको खाडीमा सैन्य कारबाहीमा संलग्न हुथीहरूले इजरायली र इजरायल जाने जहाजहरूलाई निसाना बनाएको दाबी गरिएको छ ।

गाजामा अक्टोबरदेखि चलिरहेको युद्धको पृष्ठभूमिमा यी कार्य विकास भएको हो । स्थिति तनावपूर्ण बन्दै गएको छ । तर, दुवै पक्षले तनाव कम गर्ने कुनै संकेत देखाएको छैन । रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro