site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एक वर्षको आयात धान्ने विदेशी मुद्रा सञ्चित
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकमा एक वर्षका निम्ति वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चित रहेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार, पछिल्लो ६ महिनामा विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भएको छ । गएको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति पुस मसान्तमा १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको हो ।

हाल राष्ट्र बैंकसँग १३ अर्ब ६९ करोड अमेरिकी डलर सञ्चित छ । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको आर्थिक तथा वित्तीय अवस्था मंगलबार सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो जानकारी गराएको हो ।

६ महिनाको आयातलाई आधार मान्दा यो विदेशी विनिमय सञ्चितिले १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्ने देखिएको राष्ट्र बैंकले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu