site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले धादिङ जिल्ला अधिवेशन : बन्दसत्र अझै अन्योल
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले) धादिङ जिल्ला अधिवेशनको बन्दसत्र अझै अनिश्चित छ । आज बिहान ८ बजेदेखि बन्दसत्र अघि बढाउने निर्णय भएको नेताहरूले बताएका थिए ।

तर, धादिङ अधिवेशनको अध्यक्षमण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले सूचना जारी गर्दै आन्तरिक तयारीको केही काम बाँकी नै रहेको जनाएका छन् । केन्द्रीय संगठन विभागबाट निर्देशन प्राप्त हुनासाथ बन्दसत्र सञ्चालन हुनेसम्बन्धी सूचना जारी गर्ने उनले उल्लेख गरेका छन् । मंगलबार बिहान उनले सूचना जारी गरी अधिवेशनको प्रक्रिया केन्द्रीय निर्देशनानुसार सञ्चालन हुने जनाएका छन् ।

“उपरोक्त सम्बन्धमा नेकपा (एमाले) धादिङको नवौँ जिल्ला अधिवेशनको बन्दसत्र २०८० माघ २३ गते बिहान ८ बजेदेखि सञ्चालन गर्ने भनी सूचना गरिएकोमा आन्तरिक तयारीको काम अझै केही बाँकी भएकोले केन्द्रीय संगठन विभागबाट निर्देशन प्राप्त हुनासाथ सूचना गर्ने कुरा जानकारी गराइन्छ । साथै, अधिवेशनको प्रक्रिया केन्द्रीय निर्देशनानुसार जारी रहनेछ” सूचनामा उल्लेख छ, “यो सूचनाले प्रतिनिधि र सम्बन्धित सबैमा पर्न गएको अप्ठेरोप्रति अध्यक्षमण्डल गम्भीर रहेको कुरा अवगत गराउन चाहन्छु ।”

यही माघ २१ गते बिहान बन्दसत्रको समय सुरु हुनै लाग्दा विवादपछि प्रक्रिया स्थगित गरी नेताहरू काठमाडौं आएका थिए । त्यसको भोलिपल्ट अर्थात् माघ २२ गते बिहान ८ बजेकासम्मका निम्ति अधिवेशन स्थगित गरिएको थियो ।

सोही दिन बालकोट पुगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीसित प्रदेश र जिल्ला कमिटीका नेताहरूले छलफल गरेका थिए । अध्यक्ष ओलीले विवाद समाधान गरी बन्दसत्र अघि बढाउन सरोकारवाला दुवै पक्ष र केन्द्रीय संगठन विभागलाई निर्देशन दिएका थिए ।

संगठन विभागका पदाधिकारीसित छलफलपछि आज बिहादेखि बन्दसत्र अघि बढाउने सहमति भएको नेताहरूले बताएका थिए । विवाद समाधान र बन्दसत्र अघि बढाउन संगठन विभागका दुई प्रतिनिधि समेत धादिङ पठाउन ओलीको निर्देशन थियो ।

यही माघ १९ गते महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशनमा प्रतिनिधि छनोट र अध्यक्षमण्डलका विषयमा विवाद भएको थियो । कुटपिटको समेत अवस्था सिर्जना भएपछि प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन स्थगित गरेका थिए । जिल्ला अध्यक्ष भूमि त्रिपाठीले भने बन्दसत्र अघि बढाउने तयारी गरेका थिए । तर, अन्योलपछि अधिवेशन स्थगित गरेर नेताहरू काठमाडौं आएका थिए ।

afsd-1707192838.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro