site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कानुन सबैका लागि बराबर हो : गगन थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन सबैका लागि बराबर हुने बताएका छन् । नागरिक संवाद कार्यक्रमका क्रममा चितवन पुगेका उनले नारायणी नदी किनारमा सम्बोधन गर्दै कानुनभन्दा माथि कोही पनि नहुने बताए ।

कानुनको शासनमा सबैको सम्मान हुनुपर्ने उनको भनाइ थियो । उनले भने, “कानुन सबैका निम्ति बराबर हुन्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महामन्त्री थापाले आगामी बजेट, निर्वाचन प्रणाली, स्वास्थ्य, शिक्षा, विकासलगायत विषयमा नागरिकको धारणा नागरिक संवादमार्फत बुझिरहेको बताए । जनताको भावनाअनुसार कांग्रेसले काम गर्न अभियान सञ्चालन गरिएको उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल र क्षेत्रीय सभापति भरत लामिछानेले अभियानका विविध पक्षबारे बोलेका थिए । रासस

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  २२:०८
प्रतिक्रिया दिनुहोस्