site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोठाटारको सडकमा बेहोस भेटिएका कृषि फार्म सञ्चालक युवकको मृत्यु

काठमाडौं । सडकमा बेहोस अवस्थामा भेटिएका काठमाडौंको गोठाटारमा कृषि फार्म सञ्चालन गर्ने युवाको मृत्यु भएको छ ।

बिहीबार गोठाटारकै सडकमा राती १२ बजेतिर बेहोस अवस्थामा फेला परेका ३३ वर्षीय दिलीप कट्टेलको वीर अस्पतालमा मृत्यु भएको हो ।

बानेश्वर प्रहरी प्रमुख डीएसपी शिवराज बुढाथोकीका अनुसार उनी मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेका थिए ।

प्रहरीले उनीसँगै बसेर मादक पदार्थ सेवन गरेका चार युवालाई घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा रहेका युवाहरू मृतक कट्टेलकै साथी हुन् ।

कट्टेल बेहोस हुँदा उनका साथीहरू कहाँ थिए भन्नेबारे सोधपुछ गर्न प्रहरीले उनीहरूलाई  नियन्त्रणमा लिएको जनाएको हो । मृतकको शरीरको बाहिरी भागमा भने कुनै चोट देखिएको छैन ।

पोस्टमार्टम रिपोर्ट आएपछि प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro