राजनीति
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदै छ । विधेयक अधिवेशको रूपमा लिइने हिउँदे अधिवेशनको पहिलो बैठक भोलि अपराह्न ४ बजेका लागि बोलाइएको छ ।
बैठकका लागि प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
कार्यसूची अनुसार बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित आएको विद्युत् व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ टेबल गरिने छ ।
यस्तै, आर्थिक कार्यविधि र वित्तीय दायित्व अध्यादेश, २०८० सदनमा पेस गर्ने कार्यसूची छ ।
प्रकाशित मिति: आइतबार, माघ २१, २०८० १७:००
प्रतिक्रिया दिनुहोस्