site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ब्रोकर कम्पनीको समस्या : समयमा भुक्तानी नहुँदा लगानीकर्ताको आक्रोश
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही धितोपत्र दलाल (ब्रोकर कम्पनी)का कारण समग्र यो क्षेत्र नै बदनाम हुने सम्भावना देखिएको भन्दै विज्ञले आलोचना गरेका छन् ।

सानो मात्रामा सेयर खरिद–बिक्री गर्ने लगानीकर्तालाई नियमअनुसार ब्रोकरले व्यवहार नगर्दा ब्रोकर कम्पनीहरूकै बदनाम हुने स्थिति आएको हो ।  केही ब्रोकर कम्पनीहरू भने लगानीर्ताप्रति जिम्मेवार छन् । 

तर, धेरैजसो ब्रोकर कम्पनीहरू भने सानो मात्रामा कारोबार गर्ने लगानीकर्ताप्रति जिम्मेवार नभएको गुनासो बढ्दै गएको छ ।  ब्रोकर कम्पनीहरूले सानो मात्रामा कारोबार गर्ने लगानीकर्ताको सेयर बिक्रीबाट प्राप्त भएको रकम समयमा नपठाउने गरेको गुनासो आइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अनामनगरस्थित आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (५७) ले एक हप्तामा मात्र पैसा पठाएको एक लगानीकर्ताले बताए । उनका अनुसार, यो ब्रोकरलाई पटक पटक पैसा माग्नु परेको उनको भनाइ छ ।  ब्रोकरसँग सेयर बेचेको पैसा माग्दा ‘पेमेन्ट रिक्वेस्ट’ गर्नु भन्ने गरेको उनी बताउँछन् ।

“आफ्नो सेयर बेचेको पैसा लिन पनि कति फलो गर्नुपरेको हो, म त हैरान भएँ,” उनले भने, “दैनिक जसो मैले फोन गरे पनि एक हप्तापछि मात्र मेरो पैसा खातामा आयो ।”  

Global Ime bank

तर, सेयर बेचेको तेस्रो कारोबार दिनमा ब्रोकरले पैसा बिक्रेताले उपलब्ध गराएको बैंक खातामा पठाउनुपर्ने व्यवस्था छ । 

धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ (पाँचौ संशोधन)को नियम १४ को उपनियम ३ को (ङ)मा सेयर बेचेको तेस्रो दिनमा ब्रोकरले खातामा पैसा पठाउनुपर्ने व्यवस्था छ । 

“खरिदकर्ता राफसाफ सदस्यले आफूले खरिद गरेको धितोपत्र वापतको रकम कारोबार सम्पन्न भएको दुई कार्य दिन ‘टी प्लस टु’ भित्र खण्ड (ग) बमोजिमको बैंकमा रहेको आफ्नो राफसाफ खातामा जम्मा गर्नु पर्नेछ,” उक्त विनियमावलीमा उल्लेख छ ।

त्यसैगरी नासा सेक्युरिटिज (५८) ले पनि ‘टी प्लस टु’लाई नपछ्याएको बताइएको छ । फेसबुक ग्रुपहरूमा अधिकांशले आफ्नो सेयर बेचेको पैसा एक सातामा आउने गरेको लेखेका छन् ।  विदेशमा बसेर सेयर कारोबार गर्नेले पनि यो ब्रोकरले समयमा पैसा खातामा नहालेको बताएका छन् । 

कोरियामा काम गर्दै आएका एक सेयर लगानीकर्ता वीरेन्द्र चौहानले म्यासेन्जरमार्फत नासाले फोन नउठाएको पनि जानकारी गराएका छन् । उनका अनुसार नासाले वेबसाइटमा राखेको नम्बरमा पनि फोन उठ्दैन । 

बजार बढेको समयमा लोड भएका कारण एक दिन ढिलो हुने गरेको भएको हुन सक्ने एटक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा बताउँछन् । 

उनका अनुसार, सेयर बेचेको तेस्रो कारोबार दिनमा ब्रोकरहरूले पैसा खातामा पठाउने गरेको उनी बताउँछन् । 

“एउटा पार्टिकुलर कम्पनीको कुरा त मलाई थाहा भएन । तर, ब्रोकरहरूले ‘टी प्लस टु’ हैन, ‘टी प्लस थ्री’ मा पैसा पठाउने गरेको छ,” उनले भने, “कतिपय लगानीकर्ताले आफ्नो बैंक खाता मर्जर भएको पनि थाहा पाउँदैनन् । कुनै बैंक मर्जरमा गएको छ भने ब्रोकरमा गएर कस्टोमरले अपडेट गराउनु पर्छ ।”

सेटलमेन्ट टी प्लस टुमा हुनुपर्ने व्यवस्था भएको उनी बताउँछन् । तर, ब्रोकरहरूले भने सेयर बेचेको तेस्रो कारोबार दिनमा रकम लगानीकर्ताको खातामा पठाउने गरेको सापकोटा बताउँछन् । 

कतिपयले भने ब्रोकरले सानो कारोबार गर्ने लगानीकर्ताको पैसाले सेयर खरिद गर्ने र त्यसबाट फाइदा आएपछि मात्र लगानीकर्ताको खातामा पठाउने गरेको आरोप लगाउने गरेका छन् ।  ठूलो मात्रमा करोबार गर्ने लगानीकर्तालाई भने ब्रोकरले यो नियम विपरित पनि सेयर खरिद–बिक्री गर्न स्वीकृति दिने गरेको बताउँछन् । 

सेयर खरिद गर्ने लगानीकर्तालाई ब्रोकरहरूले दुई दिनमै पैसा जम्मा गर्न ताकेता समेत गर्ने गरेका छन् ।  कतिपय ब्रोकरले त पहिले रकम जम्मा गरेर मात्र सेयर खरिद गर्न अनुमति दिने गरेका छन् । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पनि यस्ता उजुरी पनि आउने गरेका छन् । 

सोहीअनुसार, छानविन गरेर कारबाही गरिएको पनि नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन्  “ब्रोकरले सेयर बेचेको रकम समयमा नहालेको भन्दै उजुरी पर्ने गरेको छ । हामीले कारबाही पनि गरेका छौं,” उनले भने, “त्यसरी ढिला गरेको छ भने हामीले ब्रोकरलाई ब्याज पनि तिराउने गरेका छौं । ब्रोकरकै स्वार्थका कारण पनि यस्तो हुने गरेको पाइएको छ । कतिपय त ग्राहकले नै समयमा विवरण नबुझाउँदा पनि पैसा ढिला आउने गरेको छ ।”

नेप्सेका अनुसार, हाल नेपालमा ८६ ब्रोकर कम्पनी छन् भने दुई स्टक डिलर छन् । पछिल्लो समय ब्रोकर कम्पनी थपिए पनि सेवा भने पुराना भन्दा केही फरक नभएको गुनासो पनि आउने गरेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !