site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नम्बर प्लेट

- अविरल यात्री


सवारी साधानलाई यातायात सेवा भनिन्छ । यही यातायातको साधनलाई व्यवस्थित गर्ने कार्यालय नै यातायात व्यवस्था कार्यालय हो । सवारी साधनलाई किन यातायात भनियो भन्ने यकिन मलाई पनि थाहा छैन तर नयाँ जुत्ता लगाउँदै यताउता गर्न रुचाउने; यताका यात्री उता, उताका सामान यता गरेर यता-उता गर्ने हुँदा 'यताउता' भन्दाभन्दै सहजताका लागि 'यातायात' भएको हो कि विभिन्न समुदायका खलासीहरुले यात्रीहरुलाई आफ्नो लवजअनुसार 'यता-यता' भन्दै हात समातेर तान्ने हुनाले अपभ्रंश भएर यातायात भएको हो भन्ने मेरो अनुमान छ । अथवा जसरी हवल्दार राम पाँडेको नामबाट अक्षरहरू हराएर हराम पाँडे बन्यो, त्यसरी नै यातायाताको ''कार छुटेर 'यातायात' भएको हो भन्ने आजसम्म मेरो ठहर छ । यही यातायातको साधनलाई नियमअनुसार चल्न निर्देशन दिने आवश्यक व्यवस्थापन गर्ने कार्यालयलाई नै यातायात व्यवस्था कार्यालय भनिन्छ ।

जसरी मानिसहरुलाई चिन्नका लागि उसका आफन्तहरुले जोडका तोड राम्राभन्दा राम्रा नाम राखिदिन्छन्, त्यसरी नै सवारी साधनलाई पनि चिन्नका लागि यातायात व्यवस्था कार्यालयले सवारी नम्बर प्लेट दिएर न्वार गरिदिन्छ । तर, मान्छे सवारी साधनमा राखिने नाममा अलिक फरक छ । नेपाली समाजको नामाकरण हामीलाई थाहै छ । बोल्न नसक्नेको नाम 'आवाज', नसुन्नेको नाम 'कर्ण', नदेख्नेको नाम 'नेत्र', सुकुम्वासीको नाम 'धनबहादुर' आदि राखिन्छसवारीमा भने साधनको प्रकृति हेरेर एकैनासले गरिदिन्छ । हुन यहाँहरुलाई लाग्ला कि नाम उत्पादक कम्पनीले नै दिएको हुन्छ- तर यी उसका जात र थर हुन्, जसले तिनलाई पैदा गरे ।

Argakhachi Cement Island Ad

नाम हरेक देशले आफ्नै पहिचान झल्किने गरी नियम-कानुनअनुसार फरक-फरक किसिमले राखिदिन्छन् । खैर जुन देशले जसरी गरोस् तर नेपाल भने विभिन्न नामबाट फेरिँदै हिले इम्बोस्ड नम्बर प्लेटमा आइपुगेको छ । र, पनि अहिले चलिरहेको नम्बर प्लेटको स्थान इम्बोस्डले लिनै सक्दैन भन्ने मेरो पूराका पूरा जिकिर छ । अब हेर्नुस्- अहिले सवारी नम्बर प्लेट कसरी निर्धारण गरिएको ––

नेपालका १४ अञ्चलमध्ये जुन अञ्चलमा दर्ता गरिएको छ, त्यो अञ्चलको पहिलो अक्षर शुरुमा लेखिन्छ । त्यसपछि कुन सवारी कतिऔँ नम्बरमा दर्ता भनेर अंकले जनाइन्छ, जुन प्रती १० हजार एकाइमा लेखिने नियम छ । जस्तो: देखि ९९९९ सम्म , त्यसपछि गर्दै अगाडि बढेको हुन्छ । त्यसपछि राखिने अन्तिम अक्षर जुन छ, त्यसमा सवारीको पहिचान लुकेको हुन्छ, जुन यातायात व्यवस्था कार्यालयको मातहतमा गोप्य राखिएको हुन्छ । तपाईंलाई पनि मलाईजस्तै अन्तिम अक्षरको अर्थ के होला भन्ने कौतुहलता भने आउनुस् बुझिहालौँ ।

यहाँ १४ अञ्चलमध्ये मैले बागमतीलाई उदाहरणको रुपमा लिएको छु ।

काइदा कमाइ गर्ने तर कर कम तिर्ने अनुमति पाएका कम्पनीका गाडीहरूलाई '' ले जनाइन्छ । जस्तै: बा. ग्यास, कोकाकोला कम्पनीका गाडीहरु यसका उदाहरण हुन् ।

खोयाबिर्के खाने, खलाँसीले चलाउने खोलातिर हाल्ने भाडाका सवारीलाई '' लेखिन्छ।  जस्तो: बा सार्वजनिक यातायातका बस, ट्रक यसका उदाहरण हुन् ।

गभर्मेन्टका गोलीगठ्ठा बोक्ने गधाझैं पालिएका गभर्मेन्टका गुन्डाहरु चढ्ने सवारी साधनलाई अन्तिममा ''ले जनाइन्छ । जस्तो: बा. सेना, प्रहरीका सवारी साधन यसका उदाहरण हुन् ।

घूसखोरीले घायल भइसकेका सर्वसाधारण जनतालाई सधैं घात गर्ने घातक संस्थाका सवारीलाई अन्तिममा '' दिइन्छ । जस्तो: बा. टीसीएन, आयल निगमका सवारी यसका उदाहरण हुन् ।

चाकरीबाजको बुइ चढेर चारैतिर चहार्ने तर यात्रु चढाउने अनुमति नपाएका चारपाङ्ग्रे सवारीलाई अन्तिम अक्षर '' दिइन्छ । जस्तो: बा.१ चनिजी कार यसका उदाहरण हुन् ।

जहाँ पनि रोक्ने, जसलाई पनि जाक्ने, जथाभावी भाडा उठाउने जहाँ पनि जाम गराउने तर जाँचबुझ भए पनि जरिवाना नतिरी प्रहरीका जवान थर्काउने सवारी साधनलाई अन्तिममा '' दिइन्छ । जस्तो: बा. म्याजिक, माइक्रो बस, ट्याक्सी यसका उदाहरण हुन् ।

झुप्राको दु:ख नबुझ्ने, झुटमात्रै बोल्ने, झ्याप भएर हिँड्ने, झिनामसिना कुरामा झगडा गरेर  झम्टिने नेताहरु चढ्ने सवारीमा '' राखिन्छ ।

नियम परिवर्तन भइरहने, कहिले पछाडि बस्नै नपाइने, कहिले प्रेमिका पछाडि राख्ने, अक्सर बाटैमा पछार्ने, पिन्ड छिटै खान मन लागे पहाड पुर्याएर पाइलटै सोच्ने, प्रहरीले पासो थापेर पैसा असुलिरहने परिवेशका साधनको नम्बर प्लेटको अन्तिममा '' राखिन्छ । जस्त: बा.१ प । बहुसंख्यक नेपाली चढ्ने मोटरसाइकल यसका उदाहरण हुन् ।

हावा प्रदूषण गर्ने, प्राय: नेपालीमध्ये धेरैको हैसियत मिल्ने, हरिया-हरामी सवारी साधनको नम्बर प्लेटमा '' राखिन्छ । जस्तै बा.१ ह ट्याम्पु यसको उदाहरण हो ।

यस्ता समसामयिक नम्बर प्लेट कुनै पनि देशले लागू गर्न सक्दैनन् भन्ने मेरो जिकिर छ । अझै यो व्यवस्था खारेज गरेर इम्बोस्ड नम्बर प्लेट लागू गर्दा हाम्रो पहिचान धरापमा पर्न जाने कुरा संस्कृति तथा पर्यटन मन्त्रालयलाई अवगत गराउँदै यातायात व्यवस्था कार्यालयलाई बोधार्थसहित तत्काल इम्बोस्ड नम्बर प्लेट लागू नगर्न आग्रह गर्दछु ।

- निवेदक

अविरल यात्री

प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ०७:१५
प्रतिक्रिया दिनुहोस्