site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘१२० वर्ष’को उमेरमा बाटुली लामिछानेको मृत्यु
पशुपति आर्यघाटको दृश्य । फाइल तस्बिर ।

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–८ निवासी १२० वर्षीया बाटुली लामिछानेको मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा शुक्रबार घरमै उनको मृत्यु भएको उनका आफन्त उद्धव हुमागाईंले जानकारी दिए ।

उनका अनुसार, पछिल्लो एक सातादेखि ज्येष्ठ नागरिक लामिछानेलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । ककनी गाउँपालिका र उनको संरक्षण तथा रेखदेखमा सक्रिय बाला फाउन्डेसनले लामिछानेको घरमै चिकित्सक ल्याएर उपचार गराइँदै आएको थियो ।

बाटुली लामिछानेको चाहनाअनुसार शुक्रबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिएको छ । उनलाई ८२ वर्षीय छोरा नेत्रप्रसाद लामिछानेले दागबत्ती दिए ।

नेपाली नागरिकताको प्रमाणपत्रानुसार बाटुली लामिछानेको जन्म वि.सं. १९५९ चैत १० गते भएको हो । उनलाई विश्वकै ज्येष्ठ नागरिक घोषणाका निम्ति बाला फाउन्डेसनमार्फत आवश्यक पहल भइरहेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro