site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘करमुक्त पसल’ सञ्चालन गर्न तेस्रो पटक दरखास्त आह्वान

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डिउटी फ्रि सप’ (करमुक्त पसल) सञ्चालनको लागि दरखास्त दिने समय तेस्रो पटक थप गरिएको छ ।

विमानस्थलले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा प्रस्थानतर्फको पहिलो तलामा २६.११ वर्गमिटर र आगमनतर्फ अध्यागमन कार्यालय नजिकै ७५.८ वर्गमिटर गरी १०१.९१ वर्गमिटरर क्षेत्रफलमा ‘करमुक्त पसल’ सञ्चालनका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले पहिलो पटक गत मंसिर ४ गते बोलपत्र आह्वान गर्दै एक महिने सूचना निकालेको थियो । उक्त समयमा कुनैपनि कम्पनीले आवेदन नदिएपछि प्राधिकरणले पुस ४ गते अर्काे सूचना निकाल्दै १५ दिन म्याद थप गरेको थियो । सो समय अवधिमा पनि आवेदन नपरेपछि पुनः पुस १९ मा ३० दिन समय थप गरेको थियो ।

उक्त समय अवधिमा पनि कुनैपनि कम्पनीले करमुक्त पसल सञ्चालनका लागि आवेदन दिएनन् । त्यसपछि प्राधिकरणले माघ १९ (आज) पुनः ३० दिनको म्याद थप गरेको हो ।

विमानस्थलमा पाँच वर्षका लागि ‘करमुक्त पसल’ सञ्चालनको सम्झौता गर्न लागिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro