site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पक्राउ गर्न पुगेका डीएसपीलाई आफ्नै ‘ल्यान्डरोभर’मा राखेर सीआईबीमा छिरेका थिए अरूण चौधरी 

काठमाडौं । लैनचौरस्थित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को कार्यालयबाट करिब छ सय मिटरको दुरीमा छ, नेपालका अर्बपति व्यवसायी अरुण चौधरीको घर ।

अरूण परिवारसहित लाजिम्पाटमा बस्छन् । अरूण अर्बपति व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीका सहोदर भाइसमेत हुन् । अरूण चौधरी हाल (सीजी ग्रुप) का प्रबन्ध निर्देशकको भूमिका छन् । उनै अरुणको घरमा सीआईबीको टोली बिहीबार बिहान ११ः३० बजे पुग्यो ।

प्रहरीको टोली आफ्नो घरमा वारेन्टसहित आफूलाई पक्राउ गर्न आइपुग्छ भन्ने उनले कल्पना पनि गरेका थिएनन् ।  तर, बिहीबार सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्म भण्डारीको टोली उनको नाममा अदालतबाट वारेन्ट जारी भएको पत्र बोकेर उनको घरमा छि¥यो ।

सादा पोसाकमा खटिने सीआईबीको टोलीले केही अप्रिय घटना नहोस् भन्ने उद्देश्यले प्रहरी वृत्त दरबारमार्गबाट पोसाकसहितको टोलीसमेत मागेको थियो । दरबारमार्गबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली अरुण चौधरीको घरमा पुग्यो ।

प्रहरीको टोली चौधरीको घरभित्र छिर्दा उनी नुहाइरहेका थिए । घरको ढोका अरुण चौधरीका छोरा करण चौधरीले खोलेका थिए ।  सीआईबीबाट खटिएका डीएसपी धर्म भण्डारीले करणका छोराहरूलाई परिचय दिए, ‘म सीआईबीबाट आएको डीएसपी धर्म भण्डारी हो । अरूण सर कता हुनुहुन्छ ? केही कुरा गर्नुछ ।’

अरुणका दुवै छोरासँग संवादपछि डीएसपी भण्डारीको टोली त्यहीँ बस्यो । प्रहरीको टोलीले उनीसँग भेट्न करिब एक घण्टा कुर्नुपरेको थियो । उनी नुहाइसकेपछिमात्रै सीआईबीको टोलीको सम्पर्कमा आएका थिए । सीआईबीको टोली घरमा आइपुगेको सूचना उनले आफ्ना छोराहरूबाट पाइसकेका थिए ।

अरूण चौधरीले डीएसपी भण्डारीलाई घरमा आउनुपर्ने कारण सोधे ।

भण्डारीले जवाफ दिए, “केही कुरा बुझ्नुपर्ने देखिएको छ, सीआईबीको कार्यालयमै कुरा गर्नु पर्नेछ ।”

भण्डारीको कुरा सुनेपछि भने अरूण चौधरी हतास देखिएको उनको घरमा पुगेका अर्का एक प्रहरी अधिकारी बताउँछन् ।

उनले भने, “भण्डारी सरले सीआईबीमै जाउँभन्दा पनि अरुण चौधरीले पक्राउ पुर्जी खोज्नु भएन । बरु केमा जाने भनी चौधरीले भण्डारी सरलाई प्रस्ताव गर्नुभयो ।”

डीएसपी भण्डारीले भने, “हाम्रै गाडीमा जाऊँ ।”

अरुणले प्रतिप्रश्न गर्दै फेरि भने, “होइन, तपाईंकोमा होइन । मेरैमा जाऊँ, बरु तपाईं पनि मेरै गाडीमा बस्नु ।”

चौधरीको प्रस्तावमा डीएसपी भण्डारीले सहमति जनाए ।  चौधरी र डीएसपी उनकै खैरो रंगको ल्यान्डरोभर चढेर सीआईबीको कार्यालय पुगेका थिए । चौधरीलाई सीआईबीको टोलीले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी तरिकाले आफ्नो नाममा गरेको आरोपमा पक्राउ गरेको हो ।

उनीसँगै सीआईबीले बिहीबार कारखानाका तल्कालीन अध्यक्ष अजितनारायण थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार, चौधरी र थापालाई पक्राउ पुर्जी जारी भएपछि पक्राउ परेका हुन् भने ठाकुरलाई उनीहरूको बयानका आधारमा जरूरी पक्राउ पुर्जी बनाएर पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनै जनामाथि सीआईबीले कीर्ते तथा ठगी मुद्दाको अनुसन्धानका लागि म्याद थप गर्न अदालत पेस गरेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro