site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलको उडान–अवतरण ‘डिले’
फाइल तस्बिर ।

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलको उडान–अवतरण ‘डिले’ भइरहेको छ । मौसम प्रतिकूल हुँदा आन्तरिक र अन्तर्राष्ट्रियतर्फको उडान–अवतरण केही समयता ‘डिले’ भइरहेको विमानस्थलका एक उच्च अधिकारीले जानकारी दिए ।

विमानस्थल स्रोतका अनुसार आज तुम्लिङटारबाहेक सबै विमानस्थलमा उडान भइरहेको छ ।

त्रिभुवन विमानस्थलमा मौसम अनकूल भएको समयमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) प्रणालीबाट उडान–अवतरण हुन्छ ।

काठमाडौं विमानस्थलमा अहिले इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रणालीबाट उडान–अवतरण भइरहेको छ । आईएफआर भनेको भिजिबिलिटी कम भएको समयमा यान्त्रिक उपकरणको सहयोगमा हुने उडान हो ।  तर, भीएफआर उडानमा पाइलटले सिधै रनवेमा हेरेर नै उडान–अवतरण गर्छन् ।

काठमाडौंको मौसम पनि पूर्णरूपमा खुलेको छैन । भीएफआर प्रणालीमा उडान गरेर आएका जहाजलाई ‘आईएफआर’ प्रणालीबाट अवतरण गर्दा सन्तुलन मिलाउनुपर्ने हुन्छ । जसले गर्दा जहाजले केही समय होल्ड हुनुपर्ने अवस्था छ ।

“अरू त उडान अवतरणमा कुनै समस्या छैन,” ती अधिकारीले भने ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro