site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाँसबारी छालाजुत्ता कारखानाको तत्कालीन सञ्चालक समितिका अध्यक्ष थापा पनि पक्राउ
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी कम्पनीको नाममा नामसारी प्रकरणमा जोडिएका अजितनारायण थापालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा चौधरी ग्रुपले नियमविपरीत गएर निजी बनाएको खुलेको छ ।

सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले व्यवसायी अरुण चौधरीलाई समेत आज बिहानै पक्राउ गरिसकेको छ । सरकारी जग्गा अरुण चौधरीको नाममा नामसारी गरिँदा छालाजुत्ताको सञ्चालक समितिका अध्यक्ष रहेका थापा समेत पक्राउ परेका हुन् । अदालतबाट पक्राउ पुर्जी जारी गरेर उनीहरूलाई नियन्त्रणमा लिइएको सीआईबी स्रोतको भनाइ छ ।

१० रोपनी जग्गा निजी कम्पनीमा नामसारी गरिँदाका कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीमाथि समेत अनुसन्धान हुने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro