site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सुरक्षण मुद्रणसम्बन्धी विधेयक आउँदो अधिवेशनमा प्रस्तुत गर्ने तयारी छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत गर्ने गरी तयारी भइरहेको बताएकी छन् ।

बिहीबार शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा मन्त्री शर्माले सो कुरा बताएकी हुन् । 

“विधेयक नेपालमा आवश्यक विषय हो ।  युवराज खतिवडाको पालामा पनि विधेयक प्रस्तुत भएको थियो । यो देशको लागि गौरवको विषय पनि हो,” मन्त्री शर्माले भनिन् ।

नेपालमा पासपोर्ट, लाइसेन्स, जग्गा धनी पुर्जालगायत पैसा समेत छाप्ने उद्देश्यको यो विधेयक महत्त्वपूर्ण रहेको बताइन् ।  

“विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको हुँदा हामीलाई झनै सजिलो भएको छ । यसलाई दफाबार छलफल गरी अघि बढाउनु पर्छ,” शर्माले भनिन् ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro