site stats
बाह्रखरी :: Baahrakhari
खेल
बार्सिलोनाको जितमा रोकीको निर्णायक गोल

काठमाडौं । युवा खेलाडी भिक्टर रोकीको निर्णायक गोलप्रेरित बार्सिलोनाले स्पेनिस ला लिगामा ओसासुनालाई १–० ले हराएको छ । बुधबार राति रोकीले ६३औँ मिनेटमा गरेको गोल निर्णायक बन्दा बार्सिलोनाले तीन अंक निश्चित गरेको हो ।

प्रशिक्षक जाभी हर्नान्डेजले पदबाट राजिनामा दिने घोषणा गरेपछि पछिल्लो समय बार्सिलोना चर्चामा छ । उक्त घोषणापछिको पहिलो खेलमै बार्सिलोनाले जित निकालेको हो ।

जितका बाबजुद बार्सिलोना तालिकाको चौथो स्थानमा छ । बार्सिलोनाले २२ खेलबाट ४७ अंक जोडेको छ । समान खेलबाट ५५ अंकको जिरोना शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियाल मड्रिड ५४ अंकसहित दोस्रो स्थानमा छ ।

बार्सिलोनासँग समान ४७ अंक भए पनि गोलअन्तरमा एट्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लिएको छ ।

Global Ime bank

बुधबार राति नै भएको खेलमा एट्लेटिको मड्रिडले रायो भालेकानोविरुद्ध २–१ को जित निकालेको थियो । एट्लेटिकाको जितमा रेइनिल्डो मन्डाभा र मेम्फिस डिपेले समान एक गोल गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu