site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
३० वर्ष भयो नेपालमा भूकम्पको यकिन तथ्यांक राख्न थालेको, यो अवधिमा कति गयो भूकम्प ?

काठमाडौं । नेपालले भूकम्पको तथ्यांक राख्न थालेको ३० वर्ष भएको छ । सन् १९९४ बाट नेपालमा भूकम्पको तथ्यांक राख्न सुरु गरिएको थियो । त्यसअघि पनि भूकम्पको मापन त हुन्थ्यो तर अहिलेको जस्तो धेरै भूकम्प मापन केन्द्र थिएनन् । 

३० वर्षमा नेपालमा ६० हजार भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । “१९९४ यता नेपालमा हालसम्म ६० हजारभन्दा धेरै भूकम्प गइसकेका छन्,” भूकम्पविद् लोकविजय अधिकारी बाह्रखरीसँग भन्छन्, “यो संख्या २ म्याग्निच्युडभन्दा माथिका भूकम्पको हो ।” 

नेपालमा २ म्याग्निच्युडभन्दा माथिका भूकम्पको मात्रै रेकर्ड हुने गरेको अधिकारी बताउँछन् । नेपालमा हाल ४२ वटा भूकम्प मापन केन्द्र रहेका छन् । 

भूकम्पविद् अधिकारीका अनुसार ३० वर्षमा ५५ हजार परकम्प गएका छन् । सबैभन्दा धेरै परकम्प गोरखा भूकम्पको गएको उनले जानकारी दिए । 

हिमालय आसपासका सबै क्षेत्र भूकम्पीय दृष्टिले उच्च जोखिममा हुन्छन् । नेपाल पनि सोही क्षेत्रमा पर्ने भएकाले भूकम्पको उच्च जोखिममा छ । 

नेपालको पश्चिम र पूर्वी भू–भागमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले यसको जोखिम कायमै रहेको केन्द्रले जनाएको छ । 

नेपालको पश्चिम क्षेत्र विशेषगरी पोखरादेखि पश्चिमको भागमा वि.सं. १५०५ देखि ठूलो भूकम्प गएको छैन । त्यस क्षेत्रमा करिब ५०० वर्षमा ठूलो भूकम्प जान सक्नेगरी शक्ति संचय भइसकेको धेरै अध्ययनहरूले देखाएका छन् । 

नेपाली वैज्ञानिकहरूसहित संलग्न एक अनुसन्धानले काठमाडौंलगायत नेपालको पूर्वि भाग पनि अझै उच्च जोखिममा रहेको देखाएको छ । करिब एक हजार वर्षदेखि  यस क्षेत्रमा ठूलो भूकम्प नगएकाले जोखिम कायमै रहेको छ । यसको अर्थ नेपालको पूर्व र पश्चिम सबै क्षेत्रमा जुनसुकै बेला पनि ठूलो भूकम्प जान सक्छ भन्ने रहेको केन्द्रले जनाएको छ । 
  

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ०६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro