site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निगमका कार्यकारी निर्देशक अधिकारीलाई मन्त्री किरातीले सोधे तीन प्रश्न

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक युवराज अधिकारीलाई तीनवटा प्रश्न गरेका छन् ।

बुधबार निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिको प्रतिवेदन कार्यान्वयन गर्न बनेको अर्को समितिको प्रतिवेदन बुझ्दै मन्त्री किरातीले अधिकारीलाई तीनवटा प्रश्न गरेका हुन् ।

मन्त्रालयका अनुसार मन्त्री किरातीले अधिकारीलाई विगतमा बनेको समितिले तयार गरेको प्रतिवेदन किन कार्यान्वयन नभएको भनेर प्रश्न गरेका थिए । प्रतिवेदन कार्यान्वयन भएको भए कुन चरणमा पुगेको छ भनेर त्यसको कार्य प्रगति विवरण बुझाउन भनेका थिए । किरातीले न्यारोबडी जहाजको सिट भाँचिएको दुई हप्तासम्म मर्मत नभएकोबारे पनि प्रश्न गरेका थिए ।

जवाफमा निर्देशक अधिकारीले हरेक प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको र सबैको यथार्थ विवरण पेस गर्ने जवाफ दिएका थिए । त्यस्तै, जहाजको सिट बनाउनका लागि कानुनी प्रक्रियाका कारण समय लागेको र अबको केही दिनमै मर्मत हुने जवाफ दिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री किरातीले आगामी दिनमा हरेक प्रतिवेदन र मन्त्रालयबाट भएको निर्देशनको स्पष्ट जवाफ र प्रगति विवरण आफूलाई चाहिने र आफूले सोही अनुसार प्रधानमन्त्रीलाई प्रगति विवरण पेस गर्ने बताएका थिए ।

निगम सुधारका लागि पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्री नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयनका लागि पूर्वपाइलट कुलबहादुर लिम्बु नेतृत्वको समितिले आज मन्त्री किरातीलाई तेस्रो मासिक प्रतिवेदन पेस गरेको हो ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  २१:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro