site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानसँग युद्ध चाहेका छैनौँ : अमेरिका

काठमाडौं । अमेरिकाले इरानसँग युद्ध नचाहेका बताएको छ । इरान समर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने स्पष्ट पारेको हो । 

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्मा रणनीतिक सञ्चारका लागि संयोजक जोन किर्बीले अमेरिकाले इरानसँग युद्ध गर्न नखोजेको बताए । उनले सैनिक मृत्यु प्रकरण निन्दनीय रहेको भन्दै अब पुनः गल्ती नगर्न आग्रह गरे । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले आक्रमणका जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । किर्बीको टिप्पणीपछि विदेश सचिव एन्टोनी ब्लिन्केनले आफूहरुले द्वन्द्व रोक्न चाहेको बताएका छन् । 

सिरियासँगको सीमा नजिकै उत्तरपूर्वी जोर्डनमा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो । ४० जनाभन्दा बढी घाइते भएको पेन्टागनले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro