site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भ्रष्टाचारको सूचकांकमा नेपाल १०८औँ स्थानमा

काठमाडौं । नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औँ स्थानमा परेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८औँ स्थानमा परेको हो ।

१८० देशमध्ये नेपाल यो स्थानमा पुगेको हो । २०२२ मा नेपाल ३४ अंकसहित १००औँ स्थानमा थियो ।

सूचकांकमा यस वर्षको औसत अंक ४३ रहेको छ । एसिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ रहेको छ । विश्वका दुई तिहाई मुलुकले ५० भन्दा कम अंक पाएका छन् । यसले ती देशमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको उल्लेख गरिएको छ ।

गत वर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायमै रहेको छ ।

सीपीआई २०२३ मा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अंक (२६औँ), भारतले ३९ (९३औँ) माल्दिभ्सले ३९ अंक (९३औँ), श्रीलंकाले ३४ अंक (११५औँ), पाकिस्तानले २९ अंक (१३३औँ), बंगलादेशले २४ अंक (१४९औँ) र अफगानिस्तानले २० अंक (१६२औँ) प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४२ अंक (७६औँ) प्राप्त गरेको छ ।


 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro