site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मतीसहित पाँचवटा प्रदेशमा वर्षा, भोलिबाट बदली, वर्षा र हिमपात बढ्दा थप चिसो हुने
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एकदूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । जसका कारण दैनिक जनजीवन प्रभावित हुनसक्ने बताइएको छ । स्वास्थ्य, सडक तथा हवाई यातायात सेवामा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट बच्न सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौं उपत्यकामा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । काठमाडौंमा आज वर्षाको सम्भावना नरहेको उनको भनाइ छ । 

विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार राति कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

भोलिदेखि मौसम बदलीमा थप बढ्ने मौसमविद् अधिकारी बताउँछन् । बदली बढेसँगै वर्षा र हिमपातको क्रम पनि बढ्ने उनको भनाइ छ । “भोलिबाट थप धेरै स्थानमा बदली हुनेछ । बदली सँगै वर्षा र हिमपातको क्रम पनि आजभन्दा बढ्नेछ । पश्चिमदेखि पूर्वी पहाडसम्म नै वर्षा पनि हुने सम्भावना देखिएको छ,” उनले भने । 

धेरै भू–भागमा पानी पर्ने र म्ध्यम हिमपात र हल्का वर्षा भएपछि चिसो बढ्ने उनको भनाइ छ । त्यसपछि भने विस्तारै तातो बढ्ने मौसमविद् अधिकारी बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ०६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro