site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गायिका रचना रिमाल सवार स्कार्पियो बाँकेमा ट्रकसँग ठोक्कियो
SkywellSkywell

काठमाडौं । गायिका रचना रिमाल आइतबार सवारी दुर्घटनामा परेकी छन् । नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति हिँडेकी रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई वाग्मती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो ।

रिमालको अवस्था सामान्य रहेको जनाइएको छ । दुर्घटनाका कारण आज उनी महोत्सवमा भने उपस्थित हुन सकिनन् ।

KFC Island Ad
NIC Asia

उनले दुर्घटनाबारे फेसबुकमार्फत जानकारी गराएकी छन् । भोलि महोत्सवमा आफ्नो प्रस्तुति रहने उनले उल्लेख गरेकी छन् ।

“आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामी सवार गाडीलाई विपरीत दिशाबाट आइरहेको ट्रकले ठक्कर दियो । गाडीमा केही क्षति पुगेको छ,” उनले लेखेकी छन्, “यात्रुहरू हामी सबै सकुशल छौँ । साथै, आज लमही महोत्सवमा हुने भनिएको मेरो सांगीतिक प्रस्तुति भोलि रहने सबैमा जानकारी गराउँदछु । आज उपस्थित हुन नसकेकोमा क्षमा चाहन्छु ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro