site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आपराधिक गतिविधिमा संलग्न ललितपुरका अनिल श्रेष्ठ फेरि पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोप लागेका ललितपुरका अनिल श्रेष्ठ पक्राउ परेका छन् । ठगी तथा अपराधिक विश्वासघातको आरोपमा उनी पक्राउ परेका हुन् ।

ललितपुर प्रहरी परिसरको टोलीले श्रेष्ठलाई शुक्रबार पक्राउ गरेर काठमाडौं प्रहरी परिसरलाई बुझाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ललितपुर महालक्ष्मी नगरपालिका–९ का श्रेष्ठले लुभुकी एक महिलामाथि ठगी तथा अपराधिक विश्वासघात गरेको उजुरी काठमाडौं प्रहरीमा परेको थियो । सोही उजुरीको आधारमा उनी पक्राउ परेको काठमाडौं प्रहरी परिसरका डीएसपी अंगुर जीसीले जानकारी दिए ।

प्रहरीका अनुसार श्रेष्ठले एकल महिलाको चेकमा आफैँले एक करोड ८६ लाख रुपैयाँको चेक बाउन्स गरेको खुलेको छ । उनीमाथि थप अनुसन्धान जारी छ ।

Global Ime bank

श्रेष्ठको आपराधिक कर्म यतिमै सीमित छैन । उनी यसअघिसमेत पटक–पकट पक्राउ पर्दै छुट्दै आएका आरोपित हुन् ।

यसअघि २०७९ मा उनी आफ्नै एक सहकारीका कर्मचारीको स्कुटरमा गोलीसहितको पेस्तोल राखिदिएको आरोपमा पक्राउ परेका थिए । महालक्ष्मी नगरपालिका–८, लुभुकै ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ चढ्ने स्कुटरमा उनले पेस्तोल राखेको आरोप लागेको थियो ।

त्यसअघि उनी बहुविवाहको मुद्दामा समेत पक्राउ परेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement