site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्थलीमा दुई महिनासम्म आन्दोलन गर्न निषेध
फाइल तस्बिर : फेसबुकबाट ।

काठमाडौं । रामेछापका केही क्षेत्रमा अबका दुई महिनासम्म विरोध प्रदर्शन र आन्दोलन गर्न निषेध गरिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले आइतबार विरोधका कार्यक्रम निषेधको आदेश जारी गरेकी हुन् ।

आइतबारदेखि मन्थली नगरपालिका–१ स्थित राष्ट्रिय वाणिज्य बैंकबाट जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैंक जाने सडक र त्यसको ५० मिटर वरपरको क्षेत्रमा अनशन, धर्ना र पाँचजनाभन्दा बढी व्यक्ति भेला भई घेराउ, विरोध प्रदर्शनजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ ।

विरोधका कार्यक्रम गर्दा विभिन्न समूहबीच विवाद, झैझगडा भई अशान्ति हुन सक्ने भएकाले यस्ता कार्यमा रोक लगाइएको आदेशमा उल्लेख छ ।

निषेधको आदेश पढ्नोस्–

adf-1706444086.jpg
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro