site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदहरूमाथि कानुनमन्त्रीको आक्रोश– कुरा राख्न नजानेको भए शब्दकोश पढ्नू

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफूमाथि नैतिकताको प्रश्न उठाएको भन्दै सांसदहरूसँग आक्रोश पोखेका छन् ।

आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिने सांसदहरूको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

बैठकमा समितिका सदस्यहरूले उक्त विधेयक अपराधीहरूलाई प्रश्रय दिने प्रावधानसहित सरकारले सुटुक्क ल्याएको जिकिर गरेका थिए । त्यसको जवाफ दिने क्रममा मन्त्री गुरुङले विनाकारण आफ्नो नैतिकता र नियतमाथि प्रश्न उठाउने काम नगर्न सांसदहरूलाई आग्रह गरे ।

उनले पटकपटक छलफल गरेर उक्त विधेयक संसद् र संसदीय समितिमा आउँदा पनि आफूमाथि गलत नियतका साथ प्रस्तुत भएको बताए । मन्त्री गुरुङले आफूहरूले सांसदहरूको कार्यक्षमतामाथि प्रश्न नगर्ने भन्दै घुमाउरो भाषामा शब्दकोश अध्ययन गर्न आग्रह गरे ।

"आफ्नो कुरा राख्न नजानेको, शब्द नपाएको हो भने नेपाली शब्दकोश भण्डारमा थुप्रै शब्दहरू छन्, सभापति महोदय । अनि छिराएको । के भनेको त्यो ? खुसुक्क छिराएछ । सारा पिजनहोलमा राखेर, पढनोस् भनेर । सैद्धान्तिक छलफल गरेर दफादफा छलफल गरिरहेका छौँ । तैपनि सुटुक्क छिराएको भन्ने ? जस्केलबाट छिराएको छ । हुँदाहुँदा झ्यालबाट छिराएछ । बडो गजब छ बा," उनले भने ।

मन्त्री गुरुङले आफूले मुलुकमा सुशासन स्थापना गर्दै नागरिकलाई सम्पन्न बनाउने लक्ष्य लिएको र त्यसैमा अविचलित भएर अघि बढने पनि बताए ।

न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro