site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गठबन्धनमा उलटफेर हुने स्थिति छैन : माधव नेपाल (पूर्णपाठ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनको परिणामले सत्ता गठबन्धनमा उलटफेर हुने अवस्था नरहेको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय परिषद्को बैठकमा उनले यही माघ ११ गते भएको निर्वाचनमा कोसी प्रदेशमा ‘भोट क्रसिङ’ हुनु हरेक दलभित्र छलफलको विषय भएको बताए । राष्ट्रियसभा निर्वाचनमा नेकपा (एमाले)ले गठबन्धनका दल कमजोर बनाउने नीति लिएको उनको भनाइ छ ।

“नेकपा (एमाले)ले गठबन्धनमा रहेका दलहरूसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको थियो । राष्ट्रियसभाको उक्त निर्वाचनमा गठबन्धनसँग सहकार्यका लागि एमालेले वार्ता, छलफल र संवाद गरे पनि सहमति हुन सकेन,” उनले भने, “सत्ता गठबन्धनका दलहरू एकजुट भएर उभिन पुगेपछि नेकपा (एमाले)को प्रयत्न असफल भयो ।”

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग गठबन्धन गरेर एमाले शून्य हुनबाट जोगिएको उनले बताए ।

राष्ट्रियसभा निर्वाचनको परिणामले राष्ट्रियसभाको राजनीतिक शक्ति सन्तुलनमा हेरफेर ल्याएको उनले उल्लेख गरे ।

मुलुकमा सरकार स्थिरताको प्रश्न उठाइएको नेता नेपालको भनाइ छ । यसको मुख्य कारण गणतन्त्रवादी र गणतन्त्रविरोधी, परिवर्तनकारी र प्रतिगमनकारी, अग्रगामी र पश्चगामी, संघीयता पक्षधर र संघीयताविरोधी, धर्मनिरपेक्षतावादी र धर्मसापेक्षतावादी आदि विभिन्न चरित्रका राजनीतिक शक्तिको संसद्भित्रको उपस्थिति भएको उनको ठम्याइ छ ।

माधव नेपालको सम्बोधनको पूर्णपाठ पढ्नोस्–

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro