site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले गठबन्धन तोड्न उद्धत छ : माधव नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ताच्युत भएर प्रतिपक्षमा बसेको एमाले वर्तमान गठबन्धनको सरकार तोड्न उद्धत रहेको बताएका छन् । 

काठमाडौंमा सुरु पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले एमालेले गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको बताए ।  कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, “प्रमुख प्रतिपक्षमा पुगेको एमालेले अत्यन्त गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेका छन् । विभिन्न ढंगले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्ध तोड्न उद्धत छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले राजनीतिक अस्थिरता पैदा गर्ने प्रयत्न एक वा अर्को ढंगले गरिरहेको बताए । प्रतिपक्षमा रहेका दलहरूले जस्तोसुकै विषयमा पनि संसद् अवरुद्ध गर्ने गरेको अध्यक्ष नेपालको भनाइ थियो । 

प्रतिगामी, तपस्यगामी शक्तिको क्रियाकलापले मुलुकलाई अस्थिरता प्रकट गरेको उनले बताए । राष्ट्रियता, लोकतन्त्र, सुशासन, सामाजिक न्याय र मानवअधिकारका विषयलाई सशक्त ढंगले अघि बढाउन लागि पर्नुपर्ने बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement