site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा विरोध प्रदर्शन

काठमाडौं । प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा विरोध प्रदर्शन भएको छ । हुथी वरिष्ठ अधिकारीहरूमाथि अमेरिकी–ब्रिटिश प्रतिबन्धहरू अस्वीकार गर्दै र उत्तरी यमनमा हवाई आक्रमणको निन्दा गर्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । 

सहभागीहरूले प्यालेस्टिनी–यमनी झण्डा फहराएका थिए । हुथी नेताहरूको तस्बिरसहितका प्लेकार्ड बोकेका थिए भने अमेरिका र इजरायलविरुद्ध नारा लगाएका थिए । 

एक प्रदर्शनकारी हातम अल–महाकरीले गाजाका उत्पीडित जनताको साथमा उभिन र उनीहरूको पीडा बाँड्न आफूहरूले आन्दोलन गर्नुपरेको बताए ।

हुथी सेनाका प्रवक्ता याह्या सारियाले नौसेनाले अडेनको खाडीमा रहेको बेलायती तेल ट्यांकर मार्लिन लुआण्डामा धेरै मिसाइलहरू प्रहार गरेको बताएका थिए । संयुक्त राज्य अमेरिकाले जनवरी १७ मा हुथी समूहलाई विश्वव्यापी आतंकवादीको रूपमा पुनः नामांकित गरेको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ११:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro