site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिजनको अन्त्यपछि बार्सिलोना छोड्ने जाभीको घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्पेनिस ला लिगाको क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका छन् ।

जाभीले शनिबार राति भएको खेलमा बार्सिलोनाले भियारियालसँग ५–३ को हार बेहोरेपछि यस्तो निर्णय सुनाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०२१ को नोभेम्बरमा कतारी क्लब अल सादको जिम्मेवारी छोड्दै जाभीले बार्सिलोनाको प्रशिक्षण सम्हालेका थिए । जाभीले सन् २०२२–२३ को सिजन बार्सिलोनालाई ला लिगा च्याम्पियन बनाएका थिए । तर, यस सिजन स्वभाविक लयका निम्ति संघर्षरत बार्सिलोना ला लिगामा शीर्ष स्थानको रियाल मड्रिडभन्दा १० अंकले पछि छ ।

“म यो क्लबको मान्छे हुँ । मैले यसलाई आफूभन्दा पनि धेरै प्राथमिकतामा राखेको छु । मैले क्लबका लागि सक्दो सबै दिए,” जाभीले भने, “र, म समर्थकलाई गौरवान्वित बनाउन यो कार्य निरन्तर गर्नेछु । मलाई क्लबलाई गतिशिल बन्न परिवर्तन आवश्यक छ । क्लबको निर्देशन बोर्डको भलाईका लागि, मैले छोड्नु राम्रो हो ।”

Global Ime bank

यसअघि जाभीले सुपर कपको फाइनलमा रियाल मड्रिडसँग ४–१ को हार बेहोरेपछि क्लबले विश्वास गुमाए आफूले जिम्मेवारी त्याग्ने बताएका थिए ।

बार्सिलोनाका पूर्व खेलाडी समेत रहेको जाभीले सन् १९९८ देखि २०१५ सम्म गरी १७ वर्ष क्याटालन क्लबको सिनियर टोलीमा बिताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ११:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement