site stats
बाह्रखरी :: Baahrakhari
खेल
वाग्मतीले लुम्बिनीलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वाग्मतीले लुम्बिनीलाई ६ विकेटले हराएको हो ।

लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बिनीले दिएको १०७ रनको लक्ष्य वाग्मतीले चार विकेट गुमाएर १७.२ ओभरमा पूरा गर्‍यो । वाग्मतीका ईशान पाण्डेले ५० रनको अर्धशतकीय पारी खेले ।

लुम्बिनीका निर्मल गुरुङले दुई विकेट लिए । कृष्ण कार्की र अभिषेक गौतमले समान एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी ३२.२ ओभरमा १०६ रनमा समेटिएको थियो । लुम्बिनीका निम्ति कप्तान सुशान्त थापाले सर्वाधिक २८ रन बनाए ।

Global Ime bank

वाग्मतीका सूर्य तामाङले सर्वाधिक ६ विकेट लिए ।

जितसँगै वाग्मती १२ अंकका साथ लिग तालिकाको दोस्रो स्थानमा छ । प्रतियोगिताका शीर्ष दुई टिमले फाइनल खेल्न पाउँछन् । फाइनल खेल्ने सम्भावना भए पनि वाग्मतीले अरू खेलको नतिजा कुर्नुपर्नेछ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब अहिले ६ खेलबाट शतप्रतिशत जितसहित शीर्ष स्थानमा छ । पुलिसले अझै केही खेल खेल्न बाँकी छ । मधेस प्रदेश १० अंकसहित तेस्रो स्थानमा छ । मधेसले एक खेल खेल्न बाँकी छ । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu