site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
०८४ को निर्वाचन र सरकार ठूलो कुरा हैन, कांग्रेसको धर्म देश र भुइँमान्छेको हित हो : गगन थापा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको प्राथामिकता ०८४ को निर्वाचन र सरकारमा बस्नुमात्र नभएको बताएका छन् । 

पार्टी स्थापना दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालय सानेपामा भएको कार्यक्रममा बोल्दै उनले निर्वाचनको जित हार कांग्रेसका लागि सामान्य पक्ष भएको बताए । उनले कांग्रेसको धर्म देशको हित गर्नु र भुइँमा बसेको मान्छेलाई माथि उठाउनु रहेको धारणा राखे । 

Prabhu Bank
Agni Group
NIC Asia

“०८४ को निर्वाचनको बारेमा सोच्छौँ जित हार सामान्य पक्ष हो । कांग्रेसको धर्म यो देशको हित गर्नु हो । भुइँमा बसेके मान्छेलाई माथि उठाउनु हो,” थापाले भने, “यो धर्म निर्वाह गर्दा सरकामा बसौँला नबसौँला फरक र सामान्य कुरा हो ।” 

उनले देश बिग्रियो र प्रजातन्त्रले केही दिएन भन्नेलाई आज के के भएको छ देशमा हेर्न पनि अनुरोध गरे । तर, मुख्य विषय र बाचा सुशासनको, समुन्नतिका बाचामा भने कांग्रेसको यात्रा अधुरो भएको भनाइ उनको थियो । 

Global Ime bank

“यो विषयमा कांग्रेसको संकल्प गर्ने बेला हो । कुनै निर्वाचन जित्छ वा हार्छ भन्ने कुरा कांग्रेस पार्टीको जीवनको एउटा सामान्य पक्ष मात्र हो,” थापाले भने । 

महामन्त्री थापाले भोलिबाट कांग्रेस समुदायमा जाने पनि बताए । साथै उनले सहिद दिवसको दिन काठमाडौंमा नेताको घरमा कार्यक्रम नहुने भन्दै सबै क्रियाशील सदस्यलाई वडामा हुने कार्यक्रममा पुग्न निर्देशन पनि दिए । 

“सहिद दिवसको दिन कोही काठमाडौं हुने र नेताको घरमा पुग्नुहुने छैन भन्ने मेरो आश छ । त्यस दिन आफ्नो क्रियाशील सदस्यता भएको वडामा पुग्नुहुनेछ,” उनले भने, “आफ्नो माटोबाट सहिदलाई सम्झनुहुनेछ र त्यसै अनुसारका फोटो भिडियो सामाजिक सञ्जालमा हाल्नुहुनेछ । नभए सामाजिक सञ्जाल त्यस दिन चलाउनुहुने छैन भन्ने आश मेरो छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement