site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फुटपाथ व्यवसायीले काठमाडौं महानगर घेराउ गर्ने

काठमाडौं । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने भएको छ । शुक्रबार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १५ गते महानगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएर १६ गते जनप्रदर्शनसहित महानगरमा धर्ना दिने जानकारी दिएको छ । सबै फुटपाथ व्यवसायीलाई भेला गरेर माघ २८ गते वृहत सडक आन्दोलन गर्ने जानकारी दिइएको छ । 

संगठनका अध्यक्ष कुमार सापकोटाले स्वरोजगार श्रमिकको अधिकार स्थापित गर्न माघ १७ गते जिल्ला प्रशासन कार्यलय, १८ गते गृह मन्त्रालय, १९ गते प्रधानमन्त्री कार्यालय र प्रमुख दलका पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताए । 

उनले काठमाडौं महानगरपालिकाले फुटपाथ र साना व्यवसायीहरूको माग अहिलेसम्म सम्बोधन नगरेका कारण आन्दोलन गर्न बाध्य भएको बताए । उनले महानगरले फुटपाथ व्यापारीहरूको जफथ गरेको सामान फिर्ता गर्न माग गरे । 

उनले स्वरोजगार श्रमिकका लागि वैकल्पिक कार्यस्थलको सुनिश्चित गरी महानगरभित्रका सबै वडामा सस्तो बजार व्यवस्था गर्न माग समेत गरे । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro