site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नबिल बैंकले ल्यायो दक्ष प्रवासी उद्यमशील कर्जा योजना

काठमाडौं । नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बिहीबार बैंकले काठमाडौंमा उक्त कर्जा योजनाको शुभारम्भ गरेको हो ।

वैदेशिक रोजगारीमा गएर सीप सिकी नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्न दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको बताइएको छ । बैंकले स्वदेशमा उद्यम गर्न चाहने प्रवासी नेपाली र उनीहरूको परिवार लक्षित १० करोड रूपैयाँसम्मको कर्जा सुविधा ल्याएको छ । बैंकले न्यूनतम १५ लाख रूपैयाँदेखि १० करोड रूपैयाँसम्मका सुविधा र विभिन्न चरणमा विभाजन गरी कर्जाको सीमा समेत तोकेको छ ।

बैंकले कृषि, हस्तकला तथा साना उद्यमी गर्ने प्रवासी नेपालीलाई १५ लाख रूपैयाँको कर्जा समेत प्रदान गर्नेछ । बैंकले लगानी थप गरी उद्योग विस्तार गर्न चाहनेलाई १५ लाख रूपैयाँदेखि एक करोड रूपैयाँसम्म कर्जा दिने योजना ल्याएको हो । 

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहज बनाउन बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना अभियान चलाएको बताए । उनले विदेशबाट नेपालीहरूले धेरै प्रकारका सीप, पुँजी लिएर आएकाले उनीहरूलाई रोजगारी र उद्यमशिलतामा ल्याउन सके देशको आर्थिक अवस्थामाथि उठ्न सक्ने बताए ।

प्रवासी नेपालीहरूले विदेशमा सिकेर आएको सीप प्रयोग गरेर दिगो रूपमा रोजगारी तथा उद्यम गर्नसक्ने वातावरण नविल बैंकले योजना ल्याएको पौडेलको भनाइ छ । उनले दक्ष प्रवासी उद्यमशील कर्जा योजनाबाट बैंकले धेरै नाफा कमाउने उद्देश्य नल्याएको जानकारी दिए । 

उनले विदेशमा सिकेर आएको सीप प्रयोग गरेर स्वदेशमा नै उद्यम गर्ने र रोजगारी सिर्जना हुने अपेक्षाले यो योजनाअघि सारेको पनि बताए ।

बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले विदेशमा गएका नेपाली श्रमिकहरूले नविल बैंकको कर्जा योजनाले औपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्र्याउन प्रोत्साहन गर्ने दाबी गरे । उनले औपचारिक रूपमा रेमिट्यान्स आउँदा आर्थिक रूपमा देशको अर्थतन्त्रमा टेवा पुग्नेगरी योजना ल्याएको बताए ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro