site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एथ्लेटिको बिल्बाओसँग पराजित हुँदा कोपा डेल रेमा बार्सिलोनाको चुनौती समाप्त 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एथ्लेटिको बिल्बाओविरुद्ध ४–२ को हारपछि ला लिगा च्याम्पियन बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । बुधबार राति सान मेम्समा भएको खेलमा २–१ को अग्रता जोगाउन नसक्दा बार्सिलोनाको चुनौती अन्तिम–८ बाटै सकिएको हो ।

खेलको पहिलो मिनेटमै गोर्का गुरुजाताले गोल गर्दै एथ्लेटिक बिल्बाओलाई अग्रता दिलाएका थिए । तर, रोबर्ट लेवान्डोस्कीले २६औँ मिनेटमा गोल गर्दै क्याटालन क्लबलाई खेलमा फर्काएका थिए । त्यसको ६ मिनेटपछि नै लामिन यमलले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफमा जाभीको टोलीले अग्रता बनाएको थियो । दोस्रो हाफमा एथ्लेटिक बिल्बाओ खेलमा फर्कियो । ४९औँ मिनेटमा ओइहान सान्सेटको गोलबाट बिल्बाओ खेलमा फर्किएको थियो ।

खेलको निर्धारित समय २–२ को बराबरीमा सकियो । नतिजाको निर्णयका निम्ति अतिरिक्त समय आवश्यक परेको थियो ।

Global Ime bank

अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई ३–२ को अग्रतामा राखेका थिए । इन्ज्युरी समयमा निको विलियम्सले गोल गरेपछि बिल्बाओले ४–२ को जितसहित अन्तिम–४ को यात्रा तय गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !