site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गगनलाई प्रश्न : ‘संवाद यात्रा’ पार्टी सभापतिको तयारी हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ कांग्रेस महामन्त्री गगनकुमार थापा ‘संवाद–यात्रा’ अभियानसहित देश–दौडाहामा हिँड्ने भएका छन् । यो यात्रालाई कांग्रेसीजनले भावि ‘पार्टी सभापति’ बन्ने योजनाका रूपमा लिएका छन् ।

थापाले मंगलबार सामाजिक सञ्जालमा माघ १३ गतेबाट ‘संवाद यात्रा’को थालनी गर्ने घोषणा गरेका छन् । ‘संवाद यात्रा’ थापाले लेखेका छन्, “अब तपाईँसँग मेरो भेट तपाईंकै गाउँमा, तपाईंकै ठाउँमा !”

उनले यात्राको थालनी झापाको भद्रपुर नगरपालिकास्थित नेपाल–भारत जोड्ने सीमावर्ती मेची पुलबाट गर्ने भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“म माघ १३ गते भद्रपुर– ५ मेचीपुल भन्सारबाट तपाईंसँगको संवाद यात्रामा हुनेछु,” थापाले जानकारी दिँदै लेखेका छन् । त्यसो त, कांग्रेसले माघ १३ बाटै ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्र्दैछ । पार्टी सातै प्रदेश, ७७ वटै जिल्लाका ६ हजार ७४३ वटै वडामा पुग्नेगरी अभियानमा लागेको छ । 

यो अभियानको ‘डिजाइनर’ उनै महामन्त्री थापा हुन् । उनले अभियानसँगै ‘संवाद यात्रा’ पनि घोषणा गरेपछि भने कांग्रेस वृत्तमा चर्चा हुन थालेको छ ।  ‘संवाद–यात्रा’, महामन्त्री थापा त्यही कार्यक्रमको एक अंश भएको बताउँछन् ।

Global Ime bank

‘पार्टीको १५ औं महाधिवेशनमा सभापति लड्ने तयारी स्वरूप संवाद अभियानको थालनी गर्न लागेका हुन् कि ?’ प्रश्न र आसयसहित थापाको अभियानलाई अर्थ्याउन खोजिएको छ । ‘तपाईंको अभियान पार्टीको महाधिवेशनकेन्द्रित र सभापतिको तयारी हो ? भन्ने बाह्रखरीको प्रश्नमा महामन्त्री थापाले भने, “त्यसरी जोडेर विश्लेषण गर्ने बेला भएको छैन ।”

उनी माघ ११ गते राष्ट्रियसभा निर्वाचनका लागि विराटनगर पुगेका छन् । महामन्त्री थापा पार्टीको अभियानकै एउटा अंश आफ्नो संवाद यात्रा भएको बताउँछन् । 

संवाद–यात्रामार्फत् वडा तहसम्म पुग्ने उनको तयारी छ । उनका अनुसार, वडा तहसम्म पुगेर कहीँ विद्यालयको निरीक्षणमा जाने, कहीँ स्वास्थ्य चौकी तथा अस्पताल, कहीँ कृषि फर्म हेर्ने कार्यक्रम छ ।

उनी विषयगत संवादमा पनि जोडिने तयारीका साथ हिँड्न लागेको बताउँछन् । उदाहरण दिँदै उनले कतै वैदेशिक रोजगारबाट फर्किएर आएका मानिसहरूसँग अन्तरक्रिया कहीँ आमा समूहसँग भेटघाट जस्ता संवाद कार्यक्रम हुने जानकारी दिए । 

महामन्त्री थापाले यो कार्यक्रम अलि अघि नै तय भएर स्थगन भएको बताए । गएको भदौबाटै आफू ‘संवाद यात्रा’मा निस्कने तयारी जानकारी दिंँदै भने, ‘‘तर, दौतरीको सल्लाहबमोजिम ‘एकल हिँड्नुभन्दा सिङ्गो पार्टीलाई हिँडाउने प्रत्यनका कारण यात्राको समय केही पर सरेको हो । हिँड्ने भए सिङ्गो पार्टी नै हिँड्नुपर्छ यो रोक्नुस् भनेर साथीहरूले भनेपछि घोषणा गरेको कार्यक्रम रोकियो ।’’

उनका अनुसार, भदौ असोजमै मध्य–पहाडी लोकमार्ग हिँड्ने तयारी अन्तिम अवस्थामा पुगेको थियो । 

त्यतिबेला साथीहरूले पार्टी महामन्त्री भएर एक्लै हिँड्ने ? मलाई उहाँहरूका प्रश्न ठीक पनि लाग्यो अब चाहिँ पार्टीको कार्यक्रम बनाएर जान लागेको हो ।

महामन्त्री थापाले सार्वजनिक तथा पार्टीको आन्तरिक फोरममा पनि समयमै महाधिवेशनको विषय उठाउँदै आएका छन् । नेतृत्वका कारण निराशा पैदा भएको र नेतृत्व परिवर्तन अपिहार्य एजेन्डा भएको भनाइ उनको छ ।

कांग्रेसको १४औं महाधिवेशन २०७८ मंसिरमा भएको हो । विधानसम्मत् पार्टीको चार वर्षभित्र महाधिवेशन हुनुपर्छ । विधानतः कांग्रेस चले १५औं महाधिवेशन २०८२ मंसिरमा हुनुपर्छ । विधानको छिद्रता प्रयोग गर्ने भए एक वर्ष महाधिवशेन लम्व्याउन सकिन्छ । अर्थात् २०८३ मा पार्टी महाधिवेशन पुग्छ ।  

१४औं महाधिवेशनमा जस्तै संविधानको शरणमा पर्नुपर्ने भए थप ६ महिना समय थपेर २०८४ मा कांग्रेस महाधिवेशन हुनेछ । यो खतरा र कार्यकर्तामा रहेको शंका चिर्न पनि उनी लगायतका नेताहरूले ०८२ मा महाधिवेशन गर्नुपर्ने पक्षमा निरन्तर आवाज उठाइरहेका छन् ।

त्यसैकारण ‘संवाद यात्रा’ को रूपमा घोषित कार्यक्रमलाई महाधिवेशनको तयारीसँग जोडेर हेर्नु नौलो विषय होइन । तर, थापा भने फरक कोणबाट व्याख्या गर्छन् । उनले भने, “चाहे अधिवेशनकेन्द्रित कार्यक्रम गरौं, चाहे पार्टीको विभिन्न तहका संरचनाको सम्मेलन गरौं, सबै पार्टीको आन्तरिक कार्यक्रम हुन्, जनमाझ हामी पुगेनौं संवाद भएन भनेर यो कार्यक्रम बनाएको हो, त्यो भन्दा फरक केही छैन ।” 

उनी यो कार्यक्रममा सबै नेताहरूलाई कहीँ न कहीँ परिचालनको कोशिश गर्नेे बताउँछन् । 

उनी भन्छन्, ‘‘पार्टीको नेतृत्व र महाधिवेशन विषयमा त्यसको छुट्टै बाटो छ, पक्ष छँदैछ । शीर्ष नेताहरू थुप्रै प्रदेश जानुहुन्छ, हामीले पठाउँदैछौं । पूर्व र हालका पदाधिकारी जानुहुन्छ ।’’

कार्यकर्ता पंक्तिबाहिर गएर जनताको कुरा सुन्छौं 

त्यसो भए संवाद यात्रालाई कसरी जनता र कार्यकर्ताले बुझ्ने भन्ने बाह्रखरीको प्रश्नमा उनी ‘समुदायमा कांग्रेस’ अभियानको अंशकै रूपमा बुझ्न अनुरोध गर्छन् ।  महामन्त्री थापा ‘समुदायमा कांग्रेस’ अभियानका क्रममा चार प्रकारका कार्यक्रम हुने बताउँछन् । माघ १३ गते देखि २६ गतेसम्म हुने पहिलो चरणको अभियानमा पहिलो कार्यक्रम वडा तहसम्म पुगेर नागरिकहरूसँग खुल्ला अन्तरक्रिया हुने र नागरिकका गुनासा सुन्ने काम हुनेछ ।

“हाम्रो पार्टीका साथीहरूले नागरिकहरूका कुरा सुन्नुहुन्छ । नागरिकबाट स्थानीय विषयहरूका हुन सक्छ, दल वा देशबारेमा हुन सक्छ । उनीहरूले के सोचिरहेका छन्, उनीहरूको मनमा के छ, आजको स्थितिलाई कसरी नियालिरहेका छन् ? नागरिककै मुखबाट सुन्ने हो,” थापाले भने । 

अभियानको क्रममा दोस्रो कार्यक्रम समूहगत छलफल रहेको छ । समूहगत छलफलको विषय भने वडाको स्थिति हेरेर तय हुने थापा बताउँछन् ।  “कतै सहकारी पीडित समूह होला, कतै सहकारीले राम्रो काम गरेको होला । कतै वैदेशिक रोजगारबाट फर्किएर आएका मानिसहरूको समूह होलान् । यस्ता विभिन्न समूहसँग बस्ने, अन्तरक्रिया गर्ने भन्ने हो,” उनले भने ।

महामन्त्री थापा तेस्रो भने विषयगत छलफल हुने बताउँछन् । “कुनै वडामा त्यहाँको सार्वजनिक शिक्षाकाबारेमा छलफल होला, कुनै ठाउँमा स्थानीय विकास निर्माणबारेमा छलफल होला,” थापा भन्छन् । 

अभियानको चौथो उद्देश्य भनेको अवलोकन रहेको थापाले जानकारी दिए । जसमा कुनै वडामा विद्यालयको अवलोकन, कतै स्वास्थ्य चौकीको अवलोकन, कही सरकारी प्रशासनिक कार्यालय त कतै वडा कार्यालय लगायत विषयमा अवलोकन हुने जानकारी उनले दिए । 

पार्टीले गर्ने कार्यक्रम कार्यकर्ताका घेरा भन्दा बाहिर कमै हुन्छन् । अझ ठूलठूला पार्टी प्यालेस र सीमित समूहभित्र कार्यक्रम खुम्च्याउने गरेको उदाहरण छन् । जुनसुकै पार्टीको अभियान हेर्दा पनि कार्यकर्ताको संकुुचित घेराभन्दा बाहिर निस्केको पाइँदैन ।
 
‘जनता के सोच्छन् ? कस्ता समस्या झेलेका छन् ?’ जनताकै मुखबाट यी विषय नेताले सुन्नै पाउँदैनन् । 

केही सीमित कार्यकर्ताले नेतालाई जनतमाझ पुग्न दिँदैनन् । ‘यहाँ राम्रो छ, माहोल छ भनेर’ पार्टीप्रतिको गुनासो सुन्ने अवसर नेताले पाउँदैनन् । यी कारणले कार्यकर्ता बाहेकका साधारण शुभेच्छुक कहिले पार्टीप्रति निराश भएर किनारा लाग्छन् पत्तै हुँदैन ।

महामन्त्री थापा भन्छन्, “कार्यकर्ताभन्दा बाहिरका पंक्ति जो अरू बेला हामीसँग कहिल्यै भेट हुँदैन, हामी उनीहरूसँग पुग्ने र उनीहरूको कुरा सुन्ने हाम्रो प्रयास हो । यसले पार्टीको महासमिति बैठक अघि हाम्रो देशभर हजारौं साथीहरू तल कार्यक्रममा गएर आउनुहुन्छ ।”

उनले भने, “अभियानमा हामीलाई ‘फस्ट ह्याण्ड’ सूचना आउँछ । मान्छे रिसाएका छन्, निराश छन् भन्ने अनुमानको ठाउँमा जनतासँगैको अन्तरक्रियाबाट वास्तविकता अनुभुति गरेर आएको हुन्छ । जसले पार्टीलाई आफूलाई सुधार गर्ने ठाउँ मिल्छ ।”

अभियानमा सातै प्रदेशमा पदाधिकारी तथा पूर्व पदाधिकारीहरू खटिनेछन् । सातै प्रदेशमा खटिने केन्द्रीय नेताहरू चयन भइसकेका छन् । उनीहरूले जनताको गुनासा ६ हजार ७४३ वडामै पुगेर सुन्नेछन् । १३ गते सबै जिल्लामा प्रतिनिधिहरू पुग्नेछन् र जिल्ला कार्यसमितिको विस्तारित बैठक बसाएर वडाको प्रतिनिधि खटाउने काम हुनेछ । १६ गते शहिद दिवसको दिन समुदायसँग कार्यक्रमकको शुभारम्भ हुनेछ । माघ २६ गते सुशील कोइराला स्मृति दिवसका दिन पहिलो चरणको अभियान सम्पन्न हुनेछ । 

यस्तो छ अभियानको कार्यतालिका 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय