site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अफ्रिका कप अफ नेसन्सको समूह चरणबाट बाहिरिएपछि घानाका मुख्य प्रशिक्षक हघटोन बर्खास्त

काठमाडौं । अफ्रिका कप अफ नेसन्सको पहिलो चरणबाटै बाहिरिएपछि घानाले मुख्य प्रशिक्षक क्रिस हघटोनलाई बर्खास्त गरेको छ । प्रतियोगिताको समूह ‘बी’मा रहेको घानाले दुई अंकमात्र जोड्न सक्यो । 

तालिकाको तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको घाना केप भर्डसँग पराजित हुँदा इजिप्ट र मोजाम्बिकसँग बराबरीमा रोकिएको थियो ।

घाना अफ्रिका कप खेलिरहेका शीर्ष चार वरीयताभित्रको टिम हो । तर, समूह चरणको अन्तिम खेलमा मोजाम्बिकसँग २–२ को बराबरीमा रोकिएपछि घानाको दोस्रो चरण पुग्ने सम्भावना समाप्त भएको हो । टिमले आशातित प्रदर्शन गर्न नसकेपछि घानाका मुख्य प्रशिक्षक हघटोन बर्खास्तगीमा परेका हुन् । उनी गत फेब्रुअरीमा घानाको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

“क्रिस हघटोनलाई तत्कालैदेखि लागु हुने गरी जिम्मेवारीबाट मुक्त गरिएको छ,” घाना फुटबल एसोसियसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “कार्यकारी कमिटीले टिमको प्राविधिक टोलीलाई समेत हटाउने निर्णय गरेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro