site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्टरलाई सुपर कपको उपाधि
Tiktok banner adTiktok banner ad

काठमाडौं । फाइनलमा नापोलीविरुद्ध १–० को जित निकाल्दै इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ ।

सोमबार राति साउदी अरेबियाको अल अवाल रंगशालामा इन्टरको जितमा लौटारो मार्टिनेले गरेको गोल निर्णायक बन्यो । खेलको इन्ज्युरी समयमा बेन्जामिन पाभार्डले मिलाएको पासलाई सदुपयोग गर्दै अर्जेन्टिनी स्टार मार्टिनेजले गोल गरेका थिए ।

६०औँ मिनेटमा जिओभानी सेमोइनले दोहोरो पहेँलो कार्डपछि रातो कार्डको दर्शन गर्दै मैदान छोड्दा नापोली दबाबमा आएको थियो । तनावपूर्ण बनेको फाइनल खेलमा १० पहेँलो कार्ड देखाइएको थियो ।

योसँगै इन्टरले लगातार चौथो सुपर कपको उपाधि जितेको छ । इन्टरले यसअघि सन् २०२१, २०२२ र २०२३ मा यो उपाधि जितेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro