site stats
बाह्रखरी :: Baahrakhari
खेल
न्युजिल्यान्डविरुद्ध ब्याटिङमा नेपालको खराब सुरुआत 

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध दोस्रो इनिङमा ब्याटिङ गरिरहेको नेपालले पहिलो 'पावर प्ले'मा खराब सुरुआत गरेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याइहरेको नेपालले पहिलो १० ओभरमा ४१ रन जोड्दा दुई विकेट गुमाएको छ । 

नेपालले ओपनर दीपक बोहरालाई शून्य र आकाश चन्दलाई व्यक्तिगत दुई रनमा गुमाएको हो । हाल क्रिजमा रहेका अर्जुन कुमाल र कप्तान देव खनालले नेपालको इनिङ सम्हालिरहेका छन् । अर्जुनले २० रन जोड्दा देव १३ रनमा खेलिरहेका छन् ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०२ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्