
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता सकिएलगत्तै रुसले युक्रेनमा एकसयभन्दा बढी ड्रोन प्रहार गरेको युक्रेनको वायुसेनाले बताएको छ ।
सामाजिक सञ्जाल टेलिग्राममा पोष्ट गर्दै युक्रेनको सेनाले रुसले प्रहार गरेको १०८ वटा ड्रोनमध्ये ३५ वटा खसालेको र ५८ वटा निष्प्रभावी बनाएको बतायो । यसैगरी रुसको रक्षा मन्त्रालयले युक्रेनका आठवटा ड्रोन खसालेको एबीसी न्युजले जनाएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनका राष्ट्रपति टेलिफोन वार्ता गर्दै रूस र युक्रेनले युद्धविराम र युद्धको अन्त्यको लागि तुरुन्तै वार्ता सुरु गर्ने बताएका थिए ।
वार्ता फलदायी भएको बताउँदै ट्रम्पले शान्तिको लागि आवश्यक विषयमा सहमति गरेर दुवै पक्षबीच वार्ता गर्नुपर्ने बताए ।