site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सशस्त्र प्रहरीले थाल्यो ‘क्वीक इम्पेक्ट प्रोग्राम’

काठमाडौं । सशस्त्र प्रहरी बलले ‘क्वीक इम्पेक्ट प्रोग्राम’ सञ्चालन गरेको छ । आफ्नो २३औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीले यो योजना ल्याएको हो ।

यसअन्तर्गत सशस्त्र प्रहरी बलको नेपाल नम्बर–९ पशुपतिनाथ बाहिनीले संगठन र नागरिकबीचको सम्बन्धलाई विस्तार गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रमअन्तर्गत बाहिनीले अशक्त दर्शनार्थीको सहजताका निम्ति पशुपति विकास कोषलाई ह्वील चियर हस्तान्तरणका साथै मन्दिरको सरसफाइ गरेको छ । बाहिनीका प्रमुख एवं डीआईजी पुरुषोत्तम थापाले कोषका सदस्यसचिव राजुकुमार क्षेत्रीलाई चारथान ह्वील चियर हस्तान्तरण गरेका हुन् ।

oqwfmg-1705827369.jpg
यस्तै, सशस्त्र प्रहरी बल पशुपतिनाथ बाहिनीले तारकेश्वर नगरपालिका–५, गोलढुंगामा रुद्रमती किरियापुत्री धाम निर्माण गरेर धाम सञ्चालक समितिका अध्यक्ष नवराज चापागाईंलाई हस्तान्तरण गरेको छ ।

यही माघ ९ गते सशस्त्र प्रहरीले २३औँ स्थापना दिवस मनाउँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro