site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१४ लाख ४० हजार लाइसेन्स कार्डको माग छ, ६ लाख आयो : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ६ लाख सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को कार्ड आएको बताएका छन् । 

आइतबार सिंहदरबारमा बसेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदेश यातायात मन्त्रालयको बैठकमा मन्त्री ज्वालाले ६ लाख ल्याउने प्रक्रियामा रहेको बताए । 

मन्त्री ज्वालाले भने, “६ लाख कार्ड आइसक्यो थप ६ लाख आउँदैछ, १६ लाख सवारी चालक अनुमतिपत्र कार्ड र प्रिन्टरको ठेक्का भइसकेको छ ।”

Dabur Nepal
NIC Asia

हाल १४ लाख ४० हजार लाइसेन्स कार्डको माग छ । हाल यातायात व्यवस्था विभागसँग रहेको मेसिनमा दैनिक सात हजार कार्ड छाप्न सक्ने क्षमता छ ।

"प्रदेश सरकारले पनि कार्ड र प्रिन्टरका लागि बजेट छुट्याएको छ । त्यो खरिद प्रक्रिया अघि बढ्यो भने स्थायी रूपमा कार्डको समस्या समाधान हुन्छ," मन्त्री ज्वालाले भने, "विद्यतीय सवारी दर्ता प्रणाली पोखरामा र एकान्तकुनामा सञ्चालनमा आएको छ । पोखरामा सफल छ । एकान्तकुनामा अलि समस्या देखिएको छ ।"

देशव्यापीरूपमा अनलाइन सिस्टमबाटै नवीकरण, आवेदन दिने, जस्ता काम अनलाइनबाटै गर्न सके विचौलिया हाबी नहुने उनले बताए । 

इम्बोस्ड नम्बर प्लेटको समस्या समाधान गरेर अघि बढ्नुपर्नेमा पनि मन्त्री ज्वालाले जोड दिए । यसले सरकारलाई राजस्वका हिसाबले पनि फाइदा गर्ने उनको भनाइ छ ।  

नक्कली लाइसेन्सको विषयमा सीआईबी, मन्त्रालयबाट छानबिन भइरहेको पनि उनले बताए । 

“यो गलत काम पुरानोले गरेको होस् या नयाँले छानबिन हुन्छ र गल्ती गर्नेलाई कारबाही हुन्छ,” मन्त्री ज्वालाले भने । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro