site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्वार्थ समूह बेखुसी : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कन लागेको बताएका छन् । शनिबार नुवाकोटमा आयोजित कार्यक्रममा उनले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा समस्याको पहाड रहेको भन्दै अहिले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कन लागेको बताएका हुन् ।

हिसाबकिताब नदेखिने र दायित्वमाथि दायित्व सिर्जना हुने अवस्थाको अन्त्य गर्न खोज्दा स्वार्थ समूह बेखुसी रहेको उनले सुनाए । उनले बजेट व्यवस्थापन विस्तारै ‘सिस्टम’मा ल्याउने जिकिर गरे ।

Dabur Nepal
NIC Asia

जग्गा कारोबार चलायमान भएको, नेप्से परिसूचक उकालो लागेको र धेरै वर्षपछि उच्च संख्यामा पर्यटक भित्रिएको उनले उल्लेख गरे ।

अर्थमन्त्री डा. महतले देशको आर्थिक अवस्थाले मात्र पत्रकारिता समस्यामा नपरेको टिप्पणी गरे । पत्रकारिता समस्यामा पर्नुको मूल कारण सामाजिक सञ्जाल भएको उनको भनाइ छ ।

कार्यक्रममा गोविन्द वियोगी पत्रकारिता पुरस्कार, २०८० बाट वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेसहित चारजनालाई सम्मान गरियो । वाग्लेसहित पत्रकारहरू जीवराम भण्डारी, शरण उत्सुक सापकोटा र मन्टेश्वरी राजभण्डारी सम्मानित भएका हुन् । हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro