site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
स्वीडामा जोर्डनको हवाई आक्रमण : नौजनाको मृत्यु

काठमाडौं । सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा कम्तीमा नौजनाको मृत्यु भएको छ । जोर्डनका लडाकु विमानमार्फत बिहीबार दक्षिणी सिरियाको स्वीडा प्रान्तको अरमान क्षेत्रमा गरिएको आक्रमणमा नौजनाको मृत्यु भएको जनाइएको छ ।

दुईतले घरलाई लक्षित गरी भएको आक्रमणमा श्रीमान्–श्रीमती, उनीहरूका दुई साना छोरीसहित ६ जनाको ज्यान गएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । एक वृद्धा बेपत्ता रहेको बताइएको छ ।

सोही स्थानमा गरिएको अर्को आक्रमणमा एक पुरुष, उनकी आमा र काकीसहित तीनजनाको मृत्यु भएको छ । जोर्डनले सिरिया–जोर्डन सीमा क्षेत्रस्थित स्वीडामा लागुऔषध तस्करलाई लक्षित गर्दै आएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro