काठमाडौं । साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली यू–१९ राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।
बंगलादेशको ढाकामा हुने प्रतियोगितका लागि बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले २३ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।
यू–१९ महिला च्याम्पियनसिप फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशमा हुने तालिका छ । प्रतियोगिताको यस संस्करणमा नेपालसँगै बंगलादेश, भुटान र भारत गरी कुल चार टिमले प्रतिस्पर्धा गर्नेछन् । सिङ्गल राउन्ड रोविन पद्दतिमा हुने प्रतियोगिताको शीर्ष दुईले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले फेब्रुअरी ४ मा बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ ।
नेपाली टिम
गोलकिपर : सुजता तामाङ, करुणा बुढाथोकी, लिला जोशी ।
रक्षक : दिव्या यास्मली मगर, सिता रोकाया, राजिता बिस्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिम्रन राई, माया मास्के ।
मिडफिल्डर : ब्रिसाना चौधरी, झुमा विश्वकर्मा, सारा बजाचार्य, सुशिला केसी, भावना परियार, पुजन चेम्जोङ ।
फरवार्ड : सेनु परियार, शुक्रिया मिया, बर्षा ओली, लिला चन्द, पुर्णिमा राई, समिक्षा मगर, सजिना स्याङतान ।